Mahajatra Nepali Film हेर्ने कि नहेर्नेJatra मा एक वोरा पैसालाई भेटाए पछि कथा सुरु हुन्छ, Jatrai Jatra मा एक टयाक्सी पैसा भेटाएपछि कथा सुरु हुन्छ भने Mahajatra मा पैसा बढेर एक गाडी वुलेरो भैसकेको छ।

Mahajatra Nepali Film हेर्ने कि नहेर्ने ?

नमस्कार साथिहरु गत शुक्रवार बाट प्रदर्शनमा आएको नेपाली चलचिैत्र महाजात्रा (Mahajatra) कक्सले हेर्नुभयो? हेर्नु भयोभने ठिकै छ तर यदि हेर्नु भएको छैन भने म आज यहा हरुलाई यो फ्लिमको सारांश छोटकरिमा भन्दै छु र Mahajatra Nepali film हेर्ने कि नहेर्ने भन्ने कुरा प्रस्टाँउदै छु । “Jatra” “Jatrai Jatra” hudai “Mahajatra” सम्म आइपुग्दा सम्म पनि हाम्रो फ्लिमको पात्रहरु गरिानै छन। विपिन कार्की (Bipin Karki) वुडिको कमाइ खादै बस्ने बुडा  जो जागिरको खाजिमा हुन्छ. रविन्द्र सिङ वानिया (Rabindra Singh Baniya) को हिरो बन्ने चाहना अझै गाको छैन उ अझै अडिसन देदै हिडदै छ। रविन्द्र झा (Rabindra Jha) सासुको मिलमा सामान पिसने काम गर्दैछ उ चाँही विदेश जाने भनेर म्यानपावरमा पासपोर्ट वुझाको हुन्छ. तिनै जनालाई एउटै कम्पनिले कामको लागि हायर गर्छ र तिनै जनाको भेट हुन्छ। Jatra मा एक वोरा पैसालाई भेटाए पछि कथा सुरु हुन्छ, Jatrai Jatra मा एक टयाक्सी पैसा भेटाएपछि कथा सुरु हुन्छ भने Mahajatra मा पैसा बढेर एक गाडी वुलेरो भैसकेको छ।

फिल्ममा निर्देशक प्रदिप भट्टराईले एक दमै राम्रो निर्देशन गरेका छन्। कथा मा पैसाको महत्व, पैसाको लोभ, परिवारको जिम्मेवारी, कुराजनितिक व्यत्ति्वले कसरि जनतालाई छकाई राखेको छ, सोझा जनतालाई कसरि भ्रममा पारिन्छ, ईमान्दार कर्मचारीलाई गरिने व्यवहार, निदोर्ष मानिस कानुनको परिघिमा कसरि फसिन सक्छ आदि कुरालाई एकदमै सरल तरिकाले भुझ्ने गरि प्रदिपले पर्दामा उतारेका छन। प्रत्येक कलाकारले उनिहरुले  निभाएको पात्रलाई न्याय दिन सकेको छन्। Mahajatra फ्लिममा कुनै सिनमा हाँस्दा हाँस्दै रुवाउन पनि सक्छ । प्राय अरुलाई हसाउने हरिवंस आर्चाय (Hari Bansha Acharya) लाई नयाँ अवतारमा देख्न पाईन्छ।

समग्रमा फ्लिमको पहिलो भागमा हसाँछ भने दोस्रो भागमा हसाँउने रुवाउने दुवै गराँउछ। Mahajatra मा कथाले बाँघेर राख्छ, कलाकारको अभिनयमा कुनै खोट लगाउने ठाँउ छैन तर अन्तिममा फ्लिमको  अन्तय चाँहि अलि फितलो भएको हो कि भन्ने लाग्न सक्छ वा यस्को ending अलि फरक किसिमले भैदिएको भए हुन्थ्यो झै लाग्न सक्छ। यदि तपाँई action film वा romantic film मनपराउनु हुन्छ भने म यो फ्लिम मा तेस्तो केहि छैन तर comedy plus drama मनपराउने सवैलाई यो फ्लिम हेर्न भन्छु।