South Korea र Afghanistan बाट फर्केर नेपालमा व्यवसाय Herne Katha EP119सुरुमा ४ कठ्ठा बाट सुरुवात गरेको व्यवसाय आज ११ विघामा गर्न सफल रहेको वताँउछन्। कोरियाको जस्तो काम गरे पछि महिनै पिछे २/३ लाख नआएता पनि आफ्नो व्यवसायको जुन रफ्तार छ त्यो चित्त वुझ्दो छ भन्छन्। (Photo: Herne Katha Ep119 Youtube)

South Korea र Afghanistan बाट फर्केर नेपालमा व्यवसाय Herne Katha EP119 वर्णन

काम गरे के हुंदैन ? पुर्वको प्रकाशपुर मा वस्ने रघुचन्द्र वंशी र अमिर निरौरा सानै देखी दौतेरी, दुवैले सगैं व्याच्लर पास गरे पछि कोरिया भाषा पढे पास पनि गरे संयोग वस नाम पनी संगै आयो दुवै एकैसाथ कोरिया गए। कोरियामा लगभग ५ वर्ष काम गरि नेपाल फर्किए। कोरियामा रघुले कारमा लाग्ने प्लास्टिकको सामान वनाँउथे भने अमिर खोकि लाग्दा खाने औषधि बनाउने काम गर्थे। उनिहरुले काम गर्ने ठाँऊ नजिकै कृषिफाम पनि भएको  साथै दिनको नेपाली १० हजार जति कमाईने हुँदा कहिले काहि कृषिफाममा काम पनि गरे। त्यहाँ कृषिमा काम गर्दा कृषिको वारेमा ज्ञ्यान वढेको र कृषि प्रति रुचि वढेको भन्छन अमिर। ५ वर्षको कोरिया वसाई पछि नेपाल फर्केर उत्पादन मुलक काम भुझिया बनाउने, कागज वा प्लास्टिकको कप भाँडा बनाउने काम सुरु गर्नेकि भनेर बजार बुझ्दा कच्चा पदार्थ धुवानी, उत्पादन र विक्री गर्नलाई अलि गारो देखेर कृषिमा लागेको भन्छन्। उनिहरुका अर्का साथी छविलाल चौधरी इराकमा करिब ६ वर्ष काम गरेर फर्केको र उन्को चाँहि प्रसस्त जग्गा भएको कारण साथै मिलेर काम गर्न थाले। पहिला जिल्ला स्तर हुँदै राष्ट्रिय स्तर सम्म खेलेका उनि खेल वाट परिवारलाई पाल्न गारो भए पछि, साथि बाट कहिले नामनै नसुनेको ठाँऊ ईराक गाको भन्छन् छविलाल। ६ वर्षको वसाईमा ३/४ पटक तालिवानको अट्याकमा परेको उन्कै आँखा सामु धेरै साथिहरु मरेको सुनाँउछन्। अलि अलि पैसा कमाएपछि उनि नेपाल फर्के र उनि नेपाल आको २ वर्ष पछि रघु र अमिर पनि कोरिया वाट फर्कन्छन् र सवै मिलेर कृषि गर्न थाल्छन्।

काम सुरु गरे तर पर्याप्त ज्ञ्यानको कमिले, अनुभवको कमिले गर्दा धेरै कुरा विग्रेको छ भन्छन। कांक्रा खोरर्सानी जे लगायो सबै विग्रेको, एक पल्ट ५ कठ्ठामा लगाएको कांक्रा मल लगाउन नजानेर सवै विग्रेको अनुभव पनि सुनाउ छन्। सुरु सुरुमा विरुवामा के रोग लागेको, के औषधि दिने, कुन समयमा मल लगाउने भन्ने पनि थाहा नभएर दुःख पाएको भन्छन्, तर अहिले कुन विरुवाले कस्तो छ, के रोग लाग्दैछ, विरुवाले के खोज्दै छ हेरेर पनि थाहा पाउन थालेको सुनाँउछन्। सुरुमा ४ कठ्ठा बाट सुरुवात गरेको व्यवसाय आज ११ विघामा गर्न सफल रहेको वताँउछन्।

कोरियाको जस्तो काम गरे पछि महिनै पिछे २/३ लाख नआएता पनि आफ्नो व्यवसायको जुन रफ्तार त्यो चित्त वुझ्दो छ भन्छन्। घर वरिपरि वाहेक अरु सवै जग्गा भाडा मा गरेको भन्छन्। उत्पादित सामानहरु ग्रेडिङ गरेर वेचने गरेको अलि नराम्रो सामान सुंगुर, माछा र कहिले काई पर जंगलमा बाँदरलाई लगेर दिने पनि वताए। उहाँ हरु संग सामान स्टोर गर्ने कोल्ड स्टोर पनि रहेको र यस्मा राज्य सरकारको आघा र उहाँ हरुको आघा लगानी रहेको वताँउछन्। आर्थिक मन्दिले अरु प्राय सबै व्यसायलाई असर पार्दा कृषिलाई खासै असर नपारेको भन्छन्। सुरुमा सानो गाडि पनि भराउन गारो हुने आज ठुलो गाडिमा पनि सामान अटाउदैन रे, जति धेरै उत्पादन गरयो त्येतिनै धेरै नाफा हुने रैछ भन्छन्। आफ्नो उत्पादन वेच्दा विभिन्न ठाँऊ ठाँऊको मुल्य जान्कारी हुनुपर्ने जस्तै काठमाण्डुको मुल्य, पोखराको र भैरवाको मुल्य एउटै नहुने र सोहि अनुसार वु्झेर उनिहरुलाई बेच्न पर्ने वताए।